तेस्रो राजर्षी जनक कपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

सर्लाही (खेलदैनिक) । बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा शुरु हुन गईरहेको तेस्रो राजर्षी जनक कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती युवा क्लबले सरस्वती युवा क्लबको सामना गर्नेछ । सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगितमा नेपाल र भुटानका गरी कुल १२ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

प्रदेश नम्बर २ कै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख ६ गते हुने समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...