फिफा वरियतामा नेपाल यथावत

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च निकाल फिफाले निकालेको नयाँ वरियतामा नेपाल १६१औं स्थान मै यथावत रहेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियातर्फ भने चौथो स्थानमा छ ।

त्यस्तै १०१औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । १४९औं वरियतामा रहेको अफगानिस्तान दक्षिण एसियातर्फ दोस्रो स्थानमा रहँदा १५१औं फिफा वरियतामा परेको माल्दिभ्स भने दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

https://twitter.com/Goal_Nepal/status/1113718408649089025

त्यसैगरी १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १८८औं वरियतामा परेको बंगलादेश दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २००औं स्थानमा रहेको पाकिस्तान र २०२औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ भने क्रमश सातौं र आठौं स्थानमा छन् ।

बेल्जियमको शिर्षता

रसिया विश्वकपको सेमिफाइनलिस्ट बेल्जियम फिफा वरियताको शिर्ष स्थानमा छ । त्यस्तै विश्व च्याम्पियन फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजील भने तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...