मनाङले आज अफ्गानिस्तानको शाहएेन अस्माये सँग खेल्दै

बंगलादेशमा आयोजना भएको  शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज मनाङ मर्स्याङ्ग्दी क्लबले अफ्गानिस्तानको शाहएेन अस्मायेसँग खेल्दैछ ।

खेल बेलुका पौने ४ मा सुरु हुनेछ । बंगलादेशको चित्तागाङमा शनिबार सुरु भएको प्रतियोगितामा मनाङले मोहमेडन लाई २-० ले पराजित गरी सकेको छ  ।

प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन् ।

दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुईदुईवटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...