एएफसी कपमा मनाङको सम्भावना कायमै : प्रशिक्षक छिरिङ लोप्साङ

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ आफ्नो पहिलो खेलमा ढाका अवाहानीसँग १–० ले हानुृका बावजुद मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगितामा मनाङको सम्भावना अझै कायम रहेको बताएका छन् । प्रशिक्षक गुरुङका अनुसार मनाङले बुधबार ढाका विरुद्ध प्राप्त अवसरलाई सदुपयोग गर्नबाट चुकेको बताए ।

खेल पश्चातको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले भने, “हामीसँग राम्रो अवसर थियो तर हामीले त्यसको सदुपयोग गर्न सकेनौं । उनीहरु (ढाका) ले राम्रो खेले । उनीहरु शारीरिक रुपमा अब्बल थिए । वास्तवमा उनीहरुले खासै हाम्रो पोष्टमा आक्रमक गरेनन् । तर जे जति गरे, त्यसलाई सदुपयोग गरे ।

मेरा खेलाडीहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरे । प्रतियोगितामा अझै पनि हाम्रो सम्भावना कायम छ । हामीले त्यसका लागि राम्रो तयारी गर्नेछौं । खासगरी प्राप्त अवसरलाई सदुपयोग गर्नेमा विशेष ध्यान दिनेछौं ।”

उता मनाङका कप्तान बिराज महर्जनले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए । साथै ढाकाले खेल अवधिभर एउटै अवसर पाएको र त्यसलाई सही रुपमा सदुपयोग गर्न सफल भएको समेत प्रतिक्रिया दिए । कप्तान महर्जनले आगामी खेलमा आफ्ना गल्तीहरुलाई औंल्याएर राम्रो गर्ने बताए ।

एएफसी कपतर्फ मनाङले आफ्नो दोस्रो खेल यहि अप्रिल १७ तारीखका दिन इण्डियन सुपर लिग क्लब चेन्नईनसँग अहमदाबादमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...