ओलम्पिक छनौट : आज म्यानमार विरुद्ध नेपालको ‘काउन्टर अट्याक’

काठमाडौं (खेलदैनिक) । एएफसी महिला ओलम्पिक छनौटको दोस्रो चरणतर्फ आज नेपाली महिला फुटबल टोलीले आयोजक टोली म्यानमारको सामना गर्दैछ ।

नेपाली समयअनुसार ५:१५ बजे मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा हुने आजको खेलमा नेपालको योजना पहिलोपटक म्यानमारलाई हराउनु पनि हुनेछ । स्मरणीय छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला फुटबल टोलीले म्यानमारलाई अहिलेसम्म हराउन सकेको छैन ।

https://twitter.com/Goal_Nepal/status/1113263631137898497

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आज म्यानमार विरुद्ध काउण्टर अट्याक खेल्ने बताईसकेका छन् । तर पनि म्यानमार विरुद्ध उसकै घरमा खेल्ने नेपाली चेलीहरुलाई केही कठिन भने पक्के पनि हुनेछ ।

छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपाल र म्यानमारसँगै अर्को दुई टोली भारत र इण्डोनेसिया पनि सोही मैदानमा आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...