एएफसी कप : इतिहास रच्ने संघारमा मनाङ

काठमाडौं (खेलदैनिक) । बुधबार एन्फा कम्प्लेक्समा ढाका अवाहानी विरुद्ध उत्रिदा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले नेपाली फुटबलमा एउटा विेशष इतिहास रच्ने छ ।

यसअघि नेपाली क्लबहरुले प्रतिष्ठित एएफसी कपको छनौट प्रतियोगिताहरु मात्र खेल्दै आईरहेको थियो । यद्यपि बुधबार मनाङले ढाका विरुद्ध उत्रिदा एसियाको यो प्रतिष्ठित क्लब स्तरीय भिडन्तमा उत्रिने पहिलो नेपाली क्लब बन्नेछ ।

उता ढाका अवाहानीले भने एएफसी कपमा यसअघि पनि दुईपटक सहभागिता जनाईसकेको छ । तर बंगलादेशको यो लिग च्याम्पियनले समूह चरणमै आफ्नो सहभागितालार्य सिमित राख्न बाध्य भएको छ ।

समूह ई मा रहेका मनाङ र ढाकाबीचको खेल एन्फा कम्प्लेक्समा दिनको ३ बजेदेखि शुरु हुँदैछ । त्यस्तै सोही समूहमा रहेका अन्य दुई टोली मिनर्वा पञ्जाब र चेन्नईन पनि बुधबार नै अहमदाबादमा आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...