ढाका विरुद्ध भिड्न मनाङ तयार : कप्तान महर्जन

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबका कप्तान बिराज महर्जनले एएफसी कपतर्फ आफूहरु ढाका अवाहानी विरुद्ध भिड्न तयार रहेको बताएका छन् ।

समूह ई तर्फको पहिलो खेलमा मनाङले बुधबार एन्फा कम्प्लेक्समा ढाकाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार दिनको ३ बजेदेखि शुरु हुने बताइएको छ ।

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान महर्जनले आफुहरु बंगलादेशी प्रतिद्वन्द्वी विरुद्ध भिडुन मानसिक र शारीरिक रुपमा तयार रहेको बताएका छन् ।

सञ्चारमाध्यमसँग कुराकानीका क्रममा कप्तान महर्जनले भने, “हामीले राम्रो अभ्यास गरेका छौं र हामी मानसिक र शारीरिक रुपमा ढाका अवाहानी विरुद्ध भिड्न तयार छौं । ढाका राम्रो टोली हो र हामी पनि उनीहरु जतिकै राम्रो र बलियो छौं ।”

एएफसी कपतर्फ समूह ई मा रहेको मनाङ र ढाकासँगै दुई भारतीय क्लब मिनर्वा पञ्जाब र चेन्नईनले पनि समूह चरणको आफ्नो पहिलो आज नै अहमदाबादमा खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...