दुहबी गोल्डकप : कठिन जितका साथ थ्रीस्टार सेमिफाइनलमा

दुहबी (खेलदैनिक) । संघर्षपुर्ण जितका साथ रुस्लान थ्रीस्टार क्लब जारी तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारले आयोजक इलेभन एरोजलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । यसअघि दुहबी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

सोमबारको खेलमा पराजित टोलीका सुर्य अधिकारी म्यान अफ द म्याच घोषित भए । थ्रीस्टारले अब सेमिफाइनलमा अर्को दावेदार टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल दाफिन्स एफसी, क्यामरुन र रोयल क्लब, वेस्ट बंगाल (भारत) बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...