ओलम्पिक छनौट खेल्ने महिला फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनौट खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको आइतबार बिदाई गरेको छ ।

एएफसी महिला ओलम्पिक फुटबल छनौटतर्फ दोस्रो चरणको खेलहरु म्यानमारमा यहि अप्रिल ३ देखि ९ तारीखसम्म हुँदैछ । छनौट प्रतियोगितातर्फ नेपाल आयोजक म्यानमार, भारत र इण्डोनेसियासँगै समूह बी मा परेको छ ।

नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलका दिन घरेलु टोली म्यानमार विरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ६ अप्रिलका दिन भारतसँग खेल्नेछ भने अन्तिम खेल ९ अप्रिलका दिन इण्डोनेसियासँग खेल्नेछ ।

म्यानमार जाने नेपाली टोली यसप्रकार रहेको छ :

अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जना राना मगर, एन्जिला सुब्बा, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, मन्जली कुमारी योन्जन, मनमाया लिम्बु, निरु थापा, पुजा राना, पुनम जर्घा मगर, रेखा पौडेल, रेनुका नगरकोटी, साबित्रा भण्डारी, सरु लिम्बु, शर्मिला थापा, उषा नाथ


प्रतिक्रिया दिनुहोस

Loading...