मकवानपुर गोल्डकप : दाफिन्सलाई रोक्दै आयोजक बन्यो च्याम्पियन

हेटौडा (खेलदैनिक) । शनिबार सम्पन्न भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकपको उपाधि आयोजक मकवानपुर–११ ले जितेको छ ।

हेटौडा स्थित वन विभान अध्ययन संस्थानको खेलमैदानमा भएको फाइनल भिडन्तमा मकवानपुरले मोफसलको फुटबलमा एकतर्फी रवाफ जमाईरहेको दाफिन्स एफसी, क्यामरुनलाई २–१ ले हरायो ।

घरेलु टोलीको जितमा दुवै गोल योगेश गुरुङले गरे । विजेता बनेको मकवानपुरले उपाधिसहित नगद ८ लाख हात पार्यो भने उपविजेता दाफिन्सले ४ लाखमा चित्त बुझायो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत चैत्र ७ गतेदेखि शुरु प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...