झिनो अन्तरको जितका साथ फर्साटिकर सेमिफाइनलमा

सैनामैना (खेलदैनिक) । फर्साटिकर युवा क्लब जारी दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा फर्साटिकरले सिद्धार्थ एफसीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

फर्साटिकरको जितमा सुशिल यादवले एक मात्र निर्णायक गोल गरे । साथै उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको अन्तिम क्वाटरफाइनल खेल झरना स्पोर्टस् क्लब र चाँदनी युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...