खालीबारी सी डिभिजन लिग च्याम्पियन

काठमाडौं (खेलदैनिक) । यस बर्षको शहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि खालीबारी एफसीले जितेको छ ।

शुक्रबार दोसे चरणको अन्तिम खेलमा खालीबारीले प्लानिङ ब्वाईज एफसीलाई २–१ ले हराउँदै ६ अंकको शिर्षताका साथ लिग उपाधि जित्न सफल भयो ।

खालीबारीका लागि खेलको १३औं मिनटमै मनिष डाँगीले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि दोस्रो हाफको ५९औं मिनटमा रिसभ आचार्यले प्लानिङ ब्वाईजका लागि बराबरी गोल फर्काए । तर प्लानिङ ब्वाईजले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन ।

उता लगतै ६२औं मिनटमा मिनष डाँगीले नै खालीबारीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलमा प्लानिङ ब्वाईजका बिशान्त मगर र सन्जिव लामा तथा खालीबारीका मणि कुमार लामाले रातो कार्डको सामना गरेका थिए ।

लिगतर्फ क्लब दोस्रो चरणमा पाँच अंक जोडेको ओसिस दोस्रो स्थानमा रह्यो भने ४ अंक जोडेको बिरगंज युथ एकेडेमी तेस्रो स्थानमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...