जापानमा नेपाली युवा टोलीको शानदार शिर्षता

काठमाडौं (खेलदैनिक) । जापानको युवास्तरीय प्रतिष्ठित कोपा पुमा टोरेरोस कप खेल्न जापानमा रहेको नेपालको यु–१२ टोलीले आफ्नो समूहमा उत्कृष्ट प्रदर्शन गर्दै शिर्षता हासिल गरेको छ ।

नेपाली टोलीले शुक्रबार आफ्नो पहिलो खेलमा बलियो मानिएको कावासाकी फ्रोन्टेल विरुद्ध गोलरहित बराबरी खेलेको थियो । त्यस्तै अर्को खेलमा नेपाली युवा टोलीले माल्वा एफसीलाई १–० ले हरायो । सो खेलमा नेपालका लागि एलेक्स पौडेलले एक मात्र निर्णायक गोल गरे ।

त्यसैगरी समूह चरणको अन्तिम खेलमा नेपाली टोलीले नुमाजु एफसीलाई ४–० ले हराउँदै समूहको शिर्ष स्थान कब्जा गर्न सफल भएको थियो । गोलनेपालका अनुसार नेपाली टोलीले शनिबार चर्चित फ्रेन्च क्लब मार्सेलीको युवा टोली विरुद्ध र अन्य दुई क्लबविरुद्ध खेल्नेछ ।

पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, फुटबलप्रेमी प्रकाश तुलाचन र एनपिओको निमन्त्रणमा जापान पुगेको नेपाली युवा टोलीलाई फटरुट्स एकेडेमी र एकेडेमीका अध्यक्ष जुन हिरानोले विशेष सहयोग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...