दानको ह्याट्रिसहित विश्वशान्ति सेमिफाइनलमा

सैनामैना (खेलदैनिक) । विश्वशान्ति युवा क्लब, सालझण्डी रुपन्देहीमा जारी दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विश्वशान्तिले लिस्नु युवा क्लबलाई ५–३ ले हरायो । विश्वशान्तिको जितमा दान बहादुर सेनले ह्याट्रिक गरे भने नितीन थापा र बरसात गुरुङले थप दुई गोल गरे ।

उता पराजित लिस्नुका लागि गोविन्द थापाले दुई गोल गरे भने फोडे फोफनाले एक गोल गरे । खेलमा ह्याट्रिक गरेका विश्वशान्तिका दान बहादुर सेन खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र सिद्धार्थ युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७, रुपैया हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल चैत्र २० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...