अष्ट्रेलिया : बेनी एफसी च्याम्पियन

काठमाडौं (खेलदैनिक) । भर्खरै अष्ट्रेलियाको सिड्नीमा सम्पन्न २०औं जिएनसी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बेनि एफसीले जितेको छ ।

उपाधिका लागि भएको फाइनल भिडन्तमा बेनीले माछापुच्छ्रे एफसीलाई ७–४ ले हराउँदै च्याम्पियन बन्यो । गोलनेपालका अनुसार प्रतियोगिताबाट पहिलोपटक सहभागिता जनाईरहेको बेनीले पहिलोपटक मै उपाधि समेत जित्न सफल भएको छ ।

त्यसैगरी ३५ बर्षमाथिको फुटबल भिडन्तमा पनि बेनीले सेन्ट जर्जलाई २–० ले हराउँदै उपाधि जित्यो । खुलातर्फ सन्जिव क्षेत्री प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित भए । उनले उत्कृष्ट खेलाडीको पुरस्कार समेत हात पारे । त्यस्तै विवेक अधिकारी उत्कृष्ट गोलरक्षक घोषित भए भने ग्रेनभिले राइनोजले फेयर प्ले पुरस्कार प्राप्त गर्यो ।

गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा भएको प्रतियोगितामा सहभागी सबै टोलीहरुलाई आयोजकले विशेष आभार तथा धन्यवाद समेत प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...