भैरवलाई नवयुवा कपको उपाधि

रुपन्देही (खेलदैनिक) । भैरव स्र्पोट्स क्लब, नवलपरासीले यहाँ सम्पन्न नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा बुधबार भएको कडा प्रतिस्पर्धात्मक फाइनल खेलमा भैरवले झरना स्पोर्टस् क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । भैरवको जितमा अनुप गुरुङले एक मात्र निर्णायक गोल गरे ।

विजेता बनेको भैरवले उपाधिसहित नगद २ लाख १ हजार हात पारेको छ भने उपविजेता झरनाले १ लाख १ हजारमा चित्त बुझाएको छ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...