
काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेलेर नेपाली यु–२३ टोली बुधबार स्वदेश फर्किएको छ । कतारमा सम्पन्न समूह ए तर्फको छनौट खेलमा नेपालको प्रदर्शन भने बिर्सनलायक रह्यो ।
नेपालले खेलेको तीनै खेलमा नरामो हार बेहोरेको थियो । आफ्नो पहिलो खेलमा ओमानसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक कतारसँग ५–० को भारी अन्तरले हार्न बाध्य भएको थियो ।
त्यस्तै समूह चरणको अन्तिम तथा पतिष्ठाको भिडन्तमा नेपालले अफगानिस्तानसँग २–० को स्तब्धपुर्ण हार बेहोर्न पुगेको थियो । बुधबार नेपाल आइपुगेको फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।