एएफसी यु–२३ छनौट : नेपालको लगातार तेस्रो हार, कतार फाइनल चरणका लागि छनौट

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्न कतारमा रहेको नेपालले आफ्नो अन्तिम खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको समूह ए तर्फको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग ०–२ को हार बेहोर्यो ।

यसअघि कतार र ओमानसँग पराजित जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यो हारसँगै प्रतियोगिता सुखद रुपमा समापन गर्ने नेपालको योजना पनि त्यतिकै समाप्त भएको छ । मंगलबार नै भएको समूह ए तर्फको अर्को खेलमा ओमानसँग २–२ गोलको बराबरी खेल्दै आयोजक कतार एएफसी यु–२३ च्याम्पियनसिपका लागि छनौट भएको छ ।

तीन खेलबाट समान ७–७ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा कतारले ओमानलाई पछि पार्दै शिर्ष स्थानमा रहेर फाइनल चरणका लागि स्थान बनाउन सफल भयो । त्यस्तै ३ अंकका साथ अफगानिस्तान तेस्रो स्थानमा रह्यो भने अंकविहीन नेपाल पुछारमा रहन बाध्य भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...