फिदिम (खेलदैनिक) । यहि चैत्रको तेस्रो सातादेखि शुरु हुन गईरहेको तेस्रो पाँचथर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
फिदिम माविको खेलमैदानमा चैत्र २३ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेल मिशन युनाइटेड, ताप्लेजुङ र डिएफसी, मोरङबीच हुनेछ ।
नेपाल र भारतका गरी कुल दश टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगितको फाइनल खेल भने बैशाख २ गते हुनेछ ।
फिदिम नगरपालिका, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगिताको प्रायोजक वाईवाई तयारी चाउचाउ रहेको छ ।
