स्वदेश फर्कियो नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं (खेलदैनिक) । कुवेत विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचको सिरिज खेलेर नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश फर्किएको छ ।

दुई म्याचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्न कुवेत पुगेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग गोलरहित बराबरी खेलेको थियो भने सोमबार भएको दोस्रो म्याचमा १–० ले पराजित भएको थियो ।

स्वेदश फर्किएको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...