मकवानपुर गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

(फाईल फोटो)

हेटौडा (खेलदैनिक) । रुस्लान थ्रीस्टार क्लब जारी भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले सरस्वती युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । थ्रीस्टारको जितमा पिटर सेगुन र मन्साले एक–एक गोल गरे । खेलमा थ्रीस्टारका पिटर सेगुन म्यान अफ द म्याच घोषित भए ।

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक मकवानपुर–११ र नेपाल पुलिस क्लबबीच हुनेछ । त्यस्ते दोस्रो सेमिफाइनलमा बिहीबार थ्रीस्टारले दाफिन्सको सामना गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...