एएफसी यु–२३ छनौट : अफगानिस्तान विरुद्ध भिड्ने नेपाली टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौटतर्फ समूह ए को आफ्नो अन्तिम खेलमा अफगानिस्तान विरुद्ध खेल्ने नेपालको पहिलो रोजाईको टोली घोषणा भएको छ ।

दोहा स्पोर्टस् सिटीमा नेपाली समय अनुसार ९:४५ बजे शुरु हुने आज अफगानिस्तान विरुद्धको खेलमा प्रशिक्षक बालगोपाल महर्जनले टोलीमा केही परिवर्तन समेत गरेका छन् ।

समूह चरणतर्फको अन्तिम तथा प्रतिष्ठासँग जोडिएको आजको खेलमा नेपाली टोलीको पहिलो रोजाईमा प्रशिक्षक महर्जनले गौरव बुढाथोकीको स्थानमा विश्वास श्रेष्ठलाई समावेश गरेका छन् ।

छनौट प्रतियोगितातर्फ नेपाल र अफगानिस्तान दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् । आज हुने यी दुई टोलीबीचको प्रतिष्ठाको भिडन्त हुनेछ ।

अफगानिस्तान विरुद्ध भिड्ने नेपाली टोली

गोलकिपर : अर्पन कार्की

डिफेन्डर्स : सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, कमल श्रेष्ठ

मिडफिल्डर्स : विश्वास श्रेष्ठ, तेज तामाङ, नितीन थापा, सुनिल बल

फरवार्डस् : बिमल घर्ती मगर, अन्जन बिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...