मकवानपुर गोल्डकप : भरतको ह्याट्रिकसँगै पुलिस सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसले फ्रेण्डस क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । पुलिसको जितमा म्यान अफ द म्याच समेत घोषित भरत शाह एक्लैले ह्याट्रिक गरे ।

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र सरस्वती युवा क्लबबीच हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...