सुनौलो शान्ति र विश्व शान्तिको जित

सैनामैना (खेलदैनिक) । रुपन्देहीमा जारी दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितामा विश्व शान्ति युवा क्लब र सुनौलो शान्ति युवा क्लबले जित हात पारेका छन् ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको पहिलो खेलमा विश्वशान्तिले रामनगर युवा क्लबलाई ७–० ले हरायो । सो खेलको म्यान अफ द म्याच बिजयी टोलीका सबी गुरुङ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा सुनौलो शान्तिले महाविर क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । दोस्रो खेलको म्यान अफ द म्याच अरुण चौधरी घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेल फर्साटिकर युवा क्लब र आयोजक जनप्रिय स्र्पोटिङ युवा क्लबबीच हुनेछ भने दोस्रो खेलमा लिस्नु युवा क्लबले भुपु सैनिक जबई स्र्पोटिङ क्लबको सामना गर्ने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ युवा क्लब, सैनामैना–७, देवापारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८८,८८८ रुपैया प्राप्त आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...