नेपाली यु–१२ फुटबल टोली जापान प्रस्थान

पोखरा (खेलदैनिक) । जापानमा हुने यु–१२ कोपापुमा टोरेरस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन प्रशिक्षक राजेन्द्र तामाङ, टिम व्यवसथापक मिलन गुरुड सहित १२ खेलाडी पोखराबाट काठमाडौं प्रस्थान गरेका छन् ।

जापान जाने १४ सदस्यीय टोलीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल, कोषाध्यक्ष दिपकबहादुर गोदार लगायतले एक कार्यक्रमका बीच बिदाई गरे ।

टोलीमा कास्कीका सफल थापा, गोरखाका प्रकाश तामाङ, काठमाडौंका एलेक्स पौडेल, स्याङजाका आर्यन गुरुङ, बागलुङका विविध थापा, म्याग्दीका विज्ञान गौचन, काठमाडौंकै विश्वास ओझा, स्याङजाका विशाल विक, मकवानपुरका क्रिज्जल लामा तामाङ, अर्घाखाँचकीका समिर गौतम, रुपन्देहीका सरोज दर्लामी, कास्कीका सविन नेपाली रहेका छन् । प्रशिक्षकमा राजेन्द्र तामाङ र व्यवस्थापकमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...