मकवानपुर गोल्डकप : दाफिन्स सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । मोफसलको प्रतियोगिताहरुमा एकतर्फी वर्चश्व जमाईरहेको दाफिन्स एफसी, क्यामरुन जारी भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा दाफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । दाफिन्सको जितमा म्यान अफ द म्याच समेत घोषित यानिकले एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...