दोस्रो मेयर कप फुटबल शुरु, न्यु एभरेष्टको बिजयी शुरुवात

रुपन्देही (खेलदैनिक) । जनप्रिय स्र्पोटिङ युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा शनिबारदेखि रुपन्देहीमा दोस्रो सैनामैना मेयर कप फुटबल प्रतियोगिता शूरु भएको छ ।

सैनामैना–७, देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु एभरेष्ट युवा क्लबले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा न्यु एभरेष्टले नवयुवा क्लब, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । उद्घाटन खेलको म्यान अफ द म्याच बिजयी टोलीका अनिल क्षेत्री घोषित भए ।

रुपन्देही, नवलपरासी, काठमाडौंका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ८८,८८ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान माउण्टेनबाइक (साइकल) हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल चेत्र २० हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...