एएफसी यु–२३ छनौट : आज नेपालको सामना आयोजक कतारसँग

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिपतर्फ समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक कतारको सामना गर्दैछ । दोहा स्र्पोट्स सिटीमा नेपाली समयअनुसार ९:४५ बजे शुरु हुने आजको खेल नेपालका लागि महत्वपूर्ण पनि छ ।

छनौट प्रतियोगितामा आफ्नो सम्भाव्यतालाई कायम राख्न नेपालले आजको खेलमा आफू अनुकुल नतिजा ल्याउनु पर्नेछ । स्मरणीय छ, नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार ओमानसँग १–० को हार बेहोरेको थियो भने सोही दिन कतारले अफगानिस्तानमाथि २–० को जित निकालेको थियो ।

समूह चरणतर्फको अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानको सामना गर्नेछ भने सोही दिन कतार र ओमान पनि आमने सामने हुने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...