एन्फाले महिला फुटबल टोलीलाई जनही एक लाख दिने

बिराटनगर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई जनही १ लाख दिने घोषणा गरेको छ ।

शनिबार बिराटनगरमा भएको एन्फाको १८औं साधारण सभाले सो निर्णय गरेको हो । स्मरणीय छ, शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली साविक विजेता भारतसँग ३–१ ले पराजित हुँदे उपविजेता बन्न बाध्य भएको थियो ।

त्यस्तै बिराटनगर महानगरपालिकाले पनि महिला फुटबल टोलीका सदस्यहरुलाई जनही ५०–५० हजार दिने घोषणा गरेको छ । उता प्रदेश नम्बर १ को सरकारले यसअघि नै महिला टोलीका सदस्यहरुलाई जनही १–१ लाख दिने घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...