भैरव स्पोर्टस् सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । भैरव स्पोर्टस् क्लब, नवलपरासी जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा भैरवले लिस्नु युवा क्लब, कोटिहवालाई २–० ले हरायो । भैरवको जितमा अनुप गुरुङ र ओम बहादुर सोमैले १–१ गोल गरे ।

शुक्रबारको खेलमा भैरवका अनुप गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल फुलबारी गाईज, बुटवल र देशभक्त एफसी, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...