एएफसी यु–२३ छनौट : नेपाल झिनो अन्तरले पराजित

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्न कतार पुगेको नेपालले आफ्नो पहिलो खेलमै शुक्रबार हार बेहोरेको छ । समूह ए मा रहेको नेपालले कतार स्थित दोहा स्पोर्टस् सिटीमा भएको पहिलो खेलमा ओमानसँग १–० को झिनो अन्तरले हार बेहोरेको हो ।

खेलको शुरुवातबाटै दबाबमा देखिएको नेपालले १३औं मिनटमा एक मात्र गोल खान पुगेको थियो । ओमानका लागि अल–मल्कीले बक्स नजिकैबाट खेलको एक मात्र निर्णायक गोल गरे । खेलमा आपसी तालमेल मिलाउन नसकेको नेपाली टोलीले विपक्षी विरुद्ध खासै आक्रमणको जालो बुन्न सकेन ।

नेपालले समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा आइतबार बलियो तथा घरेलु टोली कतारको सामना गर्नेछ । त्यस्तै सोही दिन ओमानले अफगानिस्तानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...