मकवानपुर गोल्डकप : एपिएफ क्वाटरफाइनलमा

हेटौडा (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौडा स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा शुक्रबार भएको प्रिक्वाटरफाइनल खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई १–० को झिनो अन्तरले हरायो । एपिएफको जितमा म्यान अफ द म्याच समेत घोषित हरि कार्कीले एक मात्र निर्णायक गोल गरे ।

https://twitter.com/Goal_Nepal/status/1109067329881759744

प्रतियोगिता अन्तरगत बुधबारको खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...