महिला साफ : भारतलाई लगातार पाँचौपटक उपाधि, नेपाल फेरि फाइनलमा चुक्यो

बिराटनगर (खेलदैनिक) । शहिद रंगशालामा दर्शकहरु आउने क्रम जारी राहँदा साफ महिला च्याम्पियनसिपको फाइनल खेल घरेलु टोली नेपालले पहिलोपटक जित्ने धेरेको अनुमान थियो । तर रेफ्रीले फाइनल खेलको अन्तिम सिटी फुक्दा सम्म नेपालको ऐतिहासिक उपाधि जित्ने सपना चकनाचुर भईसकेको थियो ।

शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले साविक विजेता भारतसँग ३–१ को हार बेहोर्दै घरेलु मैदानमै ऐतिहासिक रुपमा पहिलो उपाधि जित्ने अवसर गुमाएको छ ।

शुक्रबार खेलको २६औं मिनटमा डालीमा चिब्बेरले फ्रिकीकबाट सुन्दर गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाएकी थिइृन् । तर पहिलो हाफकै ३३औं मिनटमा साबित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरीन् । अन्तर्राष्ट्रिय फुटबलमा साबित्राको त्यो २६औं गोल थियो ।

तर त्यो बराबरी गोलको खुशी नेपालले पहिलो हाफसम्म मात्र मनाउन सक्यो । उता दोस्रो हाफको ६३औं मिनटमा ग्रेसी दांगमेईले भारतका लागि दोस्रो गोल गरीन् भने ७८औं मिनटमा अन्जु तामाङले तेस्रो गोल गर्दै भारतको जित पक्का गरीन् ।

यो उपाधिसहित भारतले प्रतियोगिताको पाँचौं संस्करणसम्म सबै उपाधि जित्न समेत सफल भएको छ । उता नेपाल भने फेरि पनि भारतसँग चौथोपटक फाइनलमा पराजित हुँदै उपविजेता बन्न बाध्य भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...