महिला फुटबल टोलीका लागि प्रदेश १ को सरकारले गर्यो नगद पुरस्कारको घोषणा

बिराटनगर (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि प्रदेश नम्बर १ को सरकारले नगद पुरस्कार राशीको घोषणा गरेको छ । स्मरणीय छ, नेपालले साफ महिला च्याम्पियनसिपको फाइनलमा आज बिराटनगर स्थित शहिद रंगशालामा साविक विजेता भारतको सामना गर्दैछ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले महिला फुटबल खेलाडीहरुलाई बिजेता बन्न प्रोत्साहन स्वरुप नगद पुरस्कार राशीको घोषणा गरिएको बताएका छन् ।

गोलनेपालका अनुसार प्रदेश नम्बर १ ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले स्वर्ण (उपाधि) जिते टोलीका सबै सदस्यहरुलाई जनही २ लाख तथा उपविजेता बने १ लाख नगदका दरले सम्मानित गर्ने घोषणा गरेको छ ।

त्यस्तै यदि आज नेपालले उपाधि जित्न सफल भए अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारले भने महिला फुटबल टोलीका लागि छुट्टै नगद पुरस्कारको घोषणा गर्ने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...