महिला साफ : नेपाली टोलीलाई इतिहास लेख्ने अवसर

बिराटनगर (खेलदैनक) । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज दुई परस्पर प्रतिद्वन्द्वी नेपाल र भारत उपाधिका लागि आमने सामने हुँदैछन् ।

बिराटनगर स्थित शहिद रंगशालामा दिनको ३ बजेदेखि शुरु हुन गईरहेको फाइनल भिडन्त कडा प्रतिस्पर्धाका बीच हुने अनुमान छ । भारत पछिल्लो संस्करणको विेजता पनि हो र उसले समग्रमा चारपटक यो उपाधि जितिसकेको छ । साथै भारतको आजको योजना पनि उपाधि जोगाउनु नै हुनेछ ।

https://twitter.com/Goal_Nepal/status/1108909496099844097

उता घरेलु टोली नेपाल पनि पाँच संस्करणमध्ये तीन संस्करणको फाइनलमा पुगेको छ । यद्यपि तीनैपटक नेपालले भारतसँग स्तब्धपूर्ण हार बेहोर्न पुगेको छ । त्यसैले पनि आज नेपाली महिला टोलीलाई घरेलु मैदान र समर्थकहरुकाबीच इतिहास लेख्ने अवसर पनि हुनेछ ।

फाइनल प्रवेश गर्ने क्रममा नेपालले पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो भने भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई पाखा लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...