राष्ट्रिय फुटबल टोलीमा पाँच खेलाडीको डेब्यु

काठमाडौं (खेलदैनिक) । बिहीबार कुवेत विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले गोलरहित बराबरी खेल्दा नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाए ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने मध्ये नेपाल पुलिस क्लबका अजित भण्डारी एक थिए । भण्डारीले कुवेत विरुद्ध खेलको शुरुवातबाटै नेपाली टोलीको पहिलो रोजाईमा रहेर उत्रिएका थिए ।

त्यस्तै पुलिस कै अर्का फरवार्ड रवि पासवानले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरे । पासवान कुवेद्ध विरुद्ध खेलको ६१औं मिनटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।

त्यसैगरी मनाङका दुई खेलाडी बिमल राना र सुरज विश्वकर्माले पनि बिहीबार अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । राना खेलको ७४ औं मिनटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए भने विश्वकर्माले ८२ औं मिनटमा अजित भण्डारीलाई विस्थापित गरेका थिए ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका उदाउँदा स्टार सन्तोष तामाङले पनि राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए । तामाङले खेलको ८० औं मिनटमा भरत खवासलाई विस्थापित गर्दै मैदान प्रवेश गरे र अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो डेब्युलाई यादगार बनाए ।

स्मरणीय छ, नेपालले कुवेत विरुद्ध आफ्नो दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच मार्च २५ तारीख (सोमबार) का दिन खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...