कुवेतसँग नेपालको बराबरी

काठमाडौं (खेलदैनिक) । शुरुवातबाटै दबाबमा खेले तापनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले बिहीबार राती बलियो कुवेतलाई उसकै घरमा गोलरहित बराबरीमा रोकेको छ ।

कुवेत सिटी स्थित अल–शबाब स्पोर्टस् कम्प्लेक्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले घरेलु टोली विरुद्ध जुझारु प्रदर्शन गर्दै बराबरी खेल्न सफल भएको हो ।

शारीरिक रुपमा बलिया र अग्ला कुवेती खेलाडीले नेपाल विरुद्ध शुरुवातबाटै दबाब समेत बनाएका थिए । तर नेपालका खेलाडीहरुले कुवेती आक्रमणको डटेर सामना गरे । खेलको ६५ औं मिनटमा कुवेतले पाएको पेनाल्टीलाई गोलपोष्ट बाहिर प्रहार गरेपछि घरेलु टोलीले महत्वपूर्ण गोलको अवसरलाई खेर फालेको थियो ।

नेपालका लागि गोलरक्षक किरण चेम्जोङले पनि उत्कृष्ट बचाउ गर्दै नेपालको सम्भावित हार टारे । अब सिरिज अन्तरगत दोस्रो मैत्रीपूर्ण फुटबल म्याच २५ माचृका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...