नेपाल र कुवेत आज भिड्दै

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचतर्फ आज नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतको सामना गर्दैछ । अल–शबाब स्पोर्टस् स्टेडियममा नेपाली समय अनुसार ९:१५ मा हुन गईरहेको आजको खेल दुवै टोलीले महत्वका साथ हेरेका छन् ।

https://twitter.com/Goal_Nepal/status/1108561513235841029

कुवेत विरुद्ध नेपालले दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भईसकेको छ । नेपालले आफ्नो दोस्रो खेल २५ मार्चका दिन घरेलु टोली विरुद्ध खेल्नेछ । नेपालका प्रशिक्षक योहान कालीनको यो पहिलो अन्तर्राष्ट्रिय म्याच भएकाले उनले आजको जित्दै आफ्नो अन्तर्राष्ट्रिय करियरको शुरुवात गर्न चाहेको बताईसकेका छन् ।

फिफा वरियतामा कुवेत १५८औं स्थानमा छ भने नेपाल १६१औं स्थानमा रहेको छ । कति होला त आजको नतिजा ? के नेपालले कुवेतलाई उसकै घरमा हराउन सक्ला त ?


प्रतिक्रिया दिनुहोस

Loading...