नेपालगंज–११ लाई गौरीगंगा कपको उपाधि

कैलाली (खेलदैनिक) । बाह्रबन दोस्रो आमन्त्रिक गौरीगंगा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि नेपालगंज–११ ले जितेको छ ।

उपाधि जित्ने क्रममा नेपालगंजले सहारा युवा क्लबलाई पेनाल्टी शुटआउटमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नेपालगंजका गोलरक्षक राजेश थारु घोषित भए । बिजेता बनेको नेपालगंजले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता सहाराले १ लाख ५० हजारमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस

Loading...