कुवेतसँग नेपालले दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलन कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

यसअघि २१ मार्चका दिन एउटा मात्र मैत्रीपूर्ण फुटबल म्याच खेलिने भनिएको थियो । यद्यपि गोलनेपालका अनुसार नेपालले कुवेतसँग २५ मार्चका दिन अर्को मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको एन्फाका प्रवक्ता किरन राईले बताएका छन् ।

पहिलो मैत्रीपूर्ण फुटबल म्याच नेपालले अल–शबाब स्पोर्टस् स्टेडियममा नेपाली समय अनुसार ९:१५ बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...