रेखाको पहिलो अन्तर्राष्ट्रिय गोल

बिराटनगर (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी उदयीमान फरवार्ड रेखा पौडेलले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गोल गरेकी छिन् ।

बिराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलतर्फ बुधबार रेखाले श्रीलंका विरुद्ध ८६ औं मिनटमा गोल गरीन् । नेपालको सिनियर टोलीका लागि रेखाको त्यो पहिलो गोल थियो ।

स्मरणीय छ, बुधबार श्रीलंका विरुद्ध नेपालले ४–० को जित हात पार्दै साफ च्याम्पियनसिपको चौथो पटक फाइनल स्थान सुरक्षित गरेको छ । नेपालले बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल विजेतासँग शुक्रबार फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...