एएफसी यु–२३ च्याम्प्यिन छनौट खेल्न दोहा पुग्यो नेपाल यु–२३ टोली

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्न नेपाली यु–२३ टोली कतारको राजधानी दोहा पुगेको छ । च्याम्पियनसिप छनौटतर्फ समूह ए मा परेको नेपालले आफ्नो पहिलो खेल २२ मार्चका दिन ओमानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै २४ मार्चका दिन बलियो घरेलु टोली कतारको सामना गर्नेछ भने समूह चरणतर्फको अन्तिम खेलमा २६ मार्चका दिन अफगानिस्तानसँग भिड्ने छ ।

नेपाली यु–२३ टोली  :

गोलकिपर्स : अर्पन कार्की, रोमन रसाइली, दिप कार्की

डिफेन्डर्स : अमित तामाङ, अनन्त तामाङ, अशिम भुषाल, बिकास खवास, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ

मिडफिल्डर्स : अभिषेक रिजाल, एरिक बिष्ट, बिश्वास श्रेष्ठ, गौरव बुढाथोकी, हेमन्त थापा मगर, सुनिल बल, तेज तामाङ, नितिन थापा

फरवार्डस् : धिरज श्रेष्ठ, प्रिजेन तामाङ, बिमल घर्ती मगर, अन्जन बिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...