एएफसी कपका लागि मनाङले गर्यो टिम घोषणा, देवेन्द्र तामाङ र अभिषेक रिजाललाई मनाङले भित्रायो

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित एएफसी कप खेल्ने तयारीमा रहेको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आफ्नो नयाँ टिम स्क्वाड घोषणा गरेको छ । एएफसी कपतर्फ मनाङ मिनर्वा पञ्जाब, ढाका अवाहानी र चेन्नईनसँगै समूह ई मा रहेको छ ।

एएफसी कपकै लागि भनेर मनाङले च्यासल क्लबका डिफेन्डरद्वय देवेन्द्र तामाङ र छिरिङ गुरुङलाई लोनमा ल्याउने भएको छ । साथै मनाङले संकटा क्लबसँग फरवार्ड अभिषेक रिजाल र मच्छिन्द्र क्लबसँग गोलरक्षक दिप कार्की लोन डिलमा भित्राएको छ । गोलनेपालका अनुसार यी खेलाडीहरुलाई मनाङले एएफसी कपतर्फ समूह चरणका लागि लोनमा अनुबन्ध गरेको हो ।

नयाँ खेलाडीहरुको आगमनसँगै टोली थप बलियो हुने क्लब व्यवस्थापनले विश्वास व्यक्त गरेको छ । त्यसैगरी मनाङले आफ्ना प्रशिक्षकद्वय सुमन श्रेष्ठ र फुजा टोपेलाई पनि अनुबन्ध फुकुवा गरेको छ । मनाङले उनीहरुले क्लबका लागि पुराएको योगदानप्रति धन्यवाद समेत दिएको छ । यसका साथ साथै क्लबले मनाङ कै पूर्व प्रशिक्षक छिरिङ लोप्साङ गुरुङलाई नयाँ प्रशिक्षकका रुपमा समेत नियुक्त गरेको छ ।

मनाङका अधिकांश खेलाडीहरु राष्ट्रिय टोलीमा तथा यु–२३ टोलीमा रहेकाले हाल क्लबमा भएको खेलाडीहरुले सानो गौचरनमा एएफसी कपको तयारीका लागि अभ्यास शुरु गरिसकेको छ । गोलनेपालका अनुसार क्लबले केही दिनमै एन्फा कम्प्लेक्समा नियमित अभ्यास शुरु गर्ने बताइएको छ ।

यस्तो छ मनाङको टोली :

गोलकिपर्स :बिशाल श्रेष्ठ, दिप कार्की, अशोक बराल

डिफेन्डर्स : बिराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज बिक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, छिरिङ गुरुङ, शाहिद अजिज, मुहम्मद आसिफ

मिडफिल्डर्स : अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ, अभिषेक रिजाल

फरवार्डस् : अफिज ओलावाले, अडिलेजा सोमिडे, बिमल राना


प्रतिक्रिया दिनुहोस

Loading...