नेपाली राष्ट्रिय फुटबल टोली कुवेत प्रस्थान

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि त्यसतर्फ प्रस्थान गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच राष्ट्रिय फुटबल टोलीलाई बिदाई गर्यो । नेपालले २१ मार्चका दिन कुवेतसँग अल–सबाब स्पोर्टस् स्टेडियममा नेपाली समयअनृुसार ९१५ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

स्मरणीय छ, नेपालले मलेसियासँग पनि मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भए तापनि अन्तिम समयमा आएर फिफाले त्यसका लागि स्वीकृति नदिएपछि सो खेल पछि खेलाईने सहमति अनुसार स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...