माइ भ्याली गोल्डकप : मोफसलमा दाफिन्सलाई चौथो उपाधि

इलाम (खेलदैनिक( । दाफिन्स एफसी, क्यामरुनले मोफसलको चौथो उपाधिका रुपमा मंगलबार सम्पन्न पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता जितेको छ ।

इलाम स्थित ठुलो टुँंडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा दाफिन्सले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि माथि कब्जा जमायो । दाफिन्सको जितमा खेलको आठौं मिनटमै यानिकले पहिलो गोल गरे भने २० औं मिनटमा पिटेंगाले दोस्रो गोल गर्दै अफ्रिकी टोलीको जित पहिलो हाफ पक्का गरेका थिए ।

https://twitter.com/Goal_Nepal/status/1107971180428959745

मोफसलमा दाफिन्सको यो चौथो उपाधि समेत हो । यसअघि अफ्रिकी टोलीले पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप, धरानमा सम्पन्न बुढासुब्बा गोल्डकप र बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो ।

माइ भ्याली एफसी, इलामको आयोजना सम्पन्न प्रतियोगिताको बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ७ लाख हात पारेको छ भने उपविजेता शेर्पाले ४ लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...