माइ भ्याली गोल्डकपको फाइनल आज, दाफिन्सलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने दाउमा शेर्पा

इलाम (खेलदैनिक) । जारी पाँचौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज हिमालयन शेर्पा क्लब र दाफिन्स एफसी, क्यामरन भिड्दै छन् ।

इलाम स्थित ठूलो टुंडिखेल मैदानमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलमा क्यामरुनलाई नै बलियो प्रत्याशि मानिएको छ । यस सिजन मोफसलका मुख्य तीन उपाधि जितिसकेको दाफिन्सले आज शेर्पाको चुनौति सामन गर्नुपर्नेछ ।

उता यस सिजन कुनै उपाधि जित्न नसकेको शेर्पाले आज दाफिन्सलाई हराउन सके सिजनको पहिलो उपाधिको स्वाद चाख्न पाउने छ । फाइनल प्रवेश गर्ने क्रममा शेर्पाले मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराएको थियो भने दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

माइ भ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...