नेपाल र कुवेतबीचको मैत्रीपूर्ण म्याचका लागि खेलस्थल र समयको टुँगो लाग्यो

काठमाडौं (खेलदैनिक) । नेपाल र कुवेतबीच हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचको खेलस्थल र समय सार्वजनिक गरिएको छ ।

कुवेत एफएका अनुसार यहि मार्च २१ तारीखका दिन हुन गईरहेको सो मैत्रीपूर्ण फुटबल म्याच कुवेतस्थित अल सबाब स्पोर्टस् स्टेडियममा हुनेछ । साथै सो खेल नेपाली अनुसार ९१५ बजे शुरु हुनेछ ।

स्मरणीय छ, नेपालका नयाँ प्रशिक्षक योहान कालिनले यसपटक राष्ट्रिय टोलीमा केही नयाँ अनुहारलाई समेत समेटेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...