आयोजक नवयुवा सेमिफाइनलमा

रुपन्देही (खेलदैनिक) । आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल जारी नवौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२, स्थित कर्मडाडा खेलमैदानमा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा नवयुवाले भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवललाई २–० ले हरायो । आयोजकको जितमा कप्तान असबीन गुरुङ र उमेश थापाले गोल गरे ।

सोमबारको खेलमा आयोजक नवयुवाका कप्तान असबीन गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल नवलपरासी–११ र झरना स्पोर्टस् क्लब, कुञ्जलापुर बीच हुने आयोजकले जनाएको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । रुपन्देही र नवलपरासीका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...