मकवानपुर गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

हेटौडा (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यहि चैत्र ७ गतेदेखि शुरु हुन गईरहेको भूगर्भ सिमेन्ट दोस्रो शहिद स्मृति मकवानपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

https://twitter.com/Goal_Nepal/status/1107587089309335552

मकवानपुर स्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । कुल टोलीहरुको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर–११ र मच्छिन्द्र क्लब भिड्ने छन् ।

यहि चैत्र १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेता चार लाख प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित बजेट ८५ लाख रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...