राष्ट्रिय फुटबल टोलीलाई मंगलबार बिदाई गरिने

काठमाडौं (खेलदैनिक) । कुवेतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ । यद्यपि गोलनेपालका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको बिदाई भने मंगलबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच गर्ने भएको छ ।

साथै सोही अवसरमा एन्फाले कतार जाने नेपाली यु–२३ फुटबल टोलीको बिदाई समेत गर्ने भएको छ । नेपाल यु–२३ टोली एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा सहभागिता जनाउन कतारतर्फ प्रस्थान गर्दैछ । छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले घरेलु टोली कतार, ओमान र अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...